मुख्य समाचार

रेलमार्गको अध्यन गर्न चिनियाँ टोली आज लुम्बिनी जाने

By थाहा अनलाइन

November 09, 2017

सैघाली खबर काठमाडौं, २३ कार्तिक

नेपालमा रेल सम्भाव्यता अध्यन गर्न आएको चिनियाँ टोली आज लुम्बिनी जाने भएको छ । केरुङ–काठमाडौं रेलमार्ग अध्ययन तथा छलफलका लागि चिनियाँ टोली नेपाल आइपुगेको हो । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उप–पशासक झियान जियानको नेतृत्वमा २३ सदस्यीय टोली आज काठमाडौं आइपुगेको हो । टोली हिजो केरुङ, पोखरा पुगेर रेलमार्गको सम्भाव्यता बारे अध्ययन गरिसकेको छ ।

दुई सरकार बीच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको बताइएको छ । अध्यन सकेपछि भोलि नेपाली अधिकारी सँग वार्ता हुनेछ । छलफल नेपालमा रेलमार्ग निर्माणका लागि चीन सरकारले गर्न सक्ने सहयोग र सम्भाव्यता अध्ययनका विषयमा केन्द्रित हुनेछ ।

चीन सरकारकै चासो र नेपाल सरकारको पहलमा भएको यो भ्रमणपछि रेलमार्ग निर्माणमा चीनले सहयोग गर्ने या नगर्ने भन्ने तय हुने र एजेण्डा तय हुने रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिनु भयो ।