नेपाल मगर संघ शाखा कुवेत को अध्यक्षमा भुजेल मगर सर्वसम्मत चयन



प्रेम विवश घर्ती मगर

कुवेत

नेपाल मगर संघ शाखा कुवेत ले माघे सकरातीको अवसर पारेर तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । १७ जनवरी २०२० शुक्रवार भएको अधिवेशनले अध्यक्षमा मान बहादुर भुजेल मगर सर्व सम्मत चयन गरेको छ । अधिवेशनबाट अध्यक्ष भुजेल सहित ४४ सदस्सीय कार्यसमिती चयन गरिएको छ ।

तेस्रो अधिवेशनले चयन गरेको पदाधिकारी तथा कार्यसमिती 

 

 

नेपाल मगर संघ शाखा कुवेतका संरक्षक मित्र सिंजाली मगर को अध्यक्षता र नेपाल मगर संघ केन्द्रीय समितीका महासचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै ज्ञानेन्द्र पुन मगर ले नेपालमा मगर जातिले विभिन्न आन्दोलनमा निकै महत्वपूर्ण भूमिका खेलेको र जातिय पहिचान मगर ले मात्र नखोजेको , सबै जातिको अस्तीत्व हुनु पर्ने कुरा बताउनुभएको नेपाल मगर संघ कुवेत शाखाका कोषाध्यक्ष केदार कुमार आले मगर ले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्