आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप टोलीको बन्द प्रशिक्षण आज बाट



सैघाली खबर
काठमाडौं, २३ कार्तिक

युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । यसका लागि हिजो नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डाकेको हो । २८ मध्ये २६ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

मलेसियामा आजबाट सुरु हुने एसीसी यूथ नाईन्टिन एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप बाट डिभिजन २ मा घटुवा भइसकेको नेपाल र युएइबीच मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा खेल हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्