कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिकासहित)



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै २०७७ सालको कक्षा ११ र १२ को साधरण तथा प्राविधिक विषय समूहतर्फका नियमित ग्रेडवृद्धि एवम् आंशिक परीक्षाहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि बैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । यस्तै कक्षा ११ को परीक्षा बैशाख २१ देखि बैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्