मुख्य समाचार

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न अनुमति लिनुपर्ने

By थाहा अनलाइन

November 09, 2017

सैघाली खबर

काठमाडौं, २३ कार्तिक

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्नुपरेमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रचारप्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदरवारले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारी साधनको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि हिजो बसेको बैठकले गृह मन्त्रालय, भन्सार विभाग र यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नुपरे अनुमति लिनुपर्ने भएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।