​बिजौरीमा निःशुल्क स्वास्थ्य शिबिर हुने



दिपक बोहरा
 दाङ, २३ कार्तिक


दाङको तुलसीपुर १८ बिजौरीमा निःशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । असहाय बालबिकास नेपाल दाङको आयोजनामा भोली (शुक्रबार) एक दिने शिबिर हुने भएको हो । गरिब तथा बिपन्न समुदायलाई लक्षित गरी स्वास्थ्य शिबिर आयोजना गरिएको संस्थाका अध्यक्ष बिष्णु चौधरीले जानकारी दिए । यसैबीच स्वास्थ्य शिबिरको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिने भएको छ । कार्यक्रम उद्घाटन गर्न उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्ण बहादुर महारा, राजु खनाललगायतका उम्मेदवारहरु सहभागी हुने अध्यक्ष चौधरीले बताए । स्वास्थ्य शिबिरमा सहभागीकाका लागि अध्यक्ष चौधरीले सबैलाई आग्रह गरे ।
शिबिरमा मध्यपश्चिमाञ्चल आर्युवेद चिकित्सालका सुपरिटेन्डेन्ट बरिष्ठ डाक्टर रामकामेश्वर ठाकुर, डा. गोकर्ण दाहाल, डा.रेश्मा केसी, नेपाल संस्कृत बिश्वबिद्यालयका डिन प्रा.डा.सञ्जय पोख्रेल, साहयक डिन डा.रामेश्वर अर्याल, बालरोग बिशेषज्ञ तुलसी हस्पिटलका डा. किशोर कुमार खत्रीलगायतका डाक्टहरुले स्वास्थ्य परिक्षण गर्ने प्रेस सल्लाहकार दिपक बोहराले जानकारी दिए । स्वास्थ्य शिबिरको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष चौधरीले बताए । शिबिरमा रोट्रयाक क्लब अफ तुलसीपुरले सहयोग गर्ने जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्