सुनको भाउ घट्यो, तोलामा कति ?



काठमाण्डौ । केही दिन यता उतारचढाव भइरहेको सुनचाँदीको भाउ बुधबार घटेको छ ।सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्