रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग काठको सिफारिस गरेवापत ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रंगेहात पक्राउ गरेको हो ।
अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालका अनुसार श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो । श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।