गोकर्ण रिसोर्ट अगाडि नै नेविसंघको विरोध




प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि बुधबार प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ । नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिइएको भन्दै चर्को आलोचना भइरहेको छ ।

यस्तोमा नेविसंघका विद्यार्थीहरु प्रदर्शनका लागि गोकर्ण रिसोर्ट अगाडि पुगेका नेता नवराज त्रिपाठीले बताए । यतीलाई कौडीको भाउमा २५ वर्षका लागि लिजमा दिने केपी ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिनुपरेको नेविसंघका एकजना नेता मनिष सिंम्खडाले बताए । विरोध प्रदर्शनका क्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेसहितका नेताहरुले बोलेका थिए ।

विरोध प्रदर्शनका क्रममा नेविसंघका नेता गोपी शिवाकोटी, निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी, नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, संविधान सभा सदस्य दीपक कुइँकेलले पनि बोलेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्