एक लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नुवाकोटमा महायज्ञ गरिदै




काठमाण्डौ,

नुवाकोटमा एक लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ महायज्ञ गरिने भएको छ । वसन्त पञ्चमीका अवसरमा नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकामा अवस्थित त्रिवेणि धामको प्रचारप्रसार र पूर्वाधार विकास तथा नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै बाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था तथा महायज्ञ सम्पादन मूल समिति शिवपुरी/पञ्चकन्या, नुवाकोटले बुधबार काठमाण्डौको रिपोर्टस क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलन सम्पन्न गरेको छ । आयोजित कार्यक्रममा यहि माघ १६ गते देखि २४ गते सम्म महायज्ञ संञ्चालन गरिने जनाएको छ ।

नुवाकोटको शिबपुरी ६ ,७ र पंचकन्या गाउपालीकको ५ मा पर्ने त्रिबेणी धाममा आगामी माघ १६ गतेबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७६ को आयोजना हुने भएको छ । महायज्ञमा हिन्दुका साथ–साथै बौद्ध धर्म गुरुद्धारा समेत विशेष प्रवचन हुने भएको छ । त्यसैले पनि यो विशेष रहने आयोजक समितिकि अध्यक्ष लिलादेवी थापाले बताईन् ।

आयोजित पत्रकार सम्मेलन गर्दै शिवपुरी गाउपालीकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक महत्व बोकेको त्रिबेणीधामको बिकाशको लागी भागबतको आयोजना गरेको बताए । उनले उक्त मन्दिर संरक्षणको लागि गाउँपालिकाले ५ लाख रुपैया समेत बिनियोजन गरेको बताए । उनले उक्त स्थानमा धार्मिक सहिष्सुणतालाई कायम गर्न बुद्धको मूर्ति स्थापना गर्ने , ध्यान केन्द्र निमार्ण गर्ने , धार्मिक पुस्तकालयको स्थापना गर्ने, जेष्ठ नागरिक आश्रम बनाउने लगाएतका योजना रहेको बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा नेकपा नुवाकोट क्षेत्र नं १ का अध्यक्ष नेता पदम उप्रेतीले त्रिबेणी धामको बिकाशकोलागी र शिबपुरी गाउपालीका तथा पञ्चकन्या गाउपालीकाको आर्थिक संबृद्धिको बाटो खोज्ने काम को सुरुवात भएको बताएका छन् । सामाजिक सद्भाब तथा धार्मिक सद्भावनाको हिसाबले पनि यो महायज्ञ उदाहरणीय साबित हुने उनले बताए । साथै यस महायज्ञले धार्मिक एकताको संगै राजनैतिक एकतालाई पनि कायम गर्न मद्दत गर्ने बताए ।

भागवतमा कथा बाचन बिश्व बिख्यात कथाबाचक बाल ब्यास बिभूति श्री इश्वरकृष्ण महाराजबाट हुने भएको छ । भागबतमा हिन्दु धर्ममा मात्र पाठपरायण तथा कथावाचन नभएर बौद्ध गुरु खेम्पो कमल भण्डारीबाट बाट पनि प्रबचन हुने आयोजकले बताएको छ । आयोजकका अनुसार माघ १५ गते मोटर साइकल र्याली , १६ गतमाघ ११ सय कलश यात्रा तथा ११ सय कन्यापुजन गरिने , प्रत्येक दिन तुलादान, प्रत्येक दिन पुजापाठ , हवन भजन किर्तन गरिने र माघ २४ गते तिल अपर्ण गरिने कार्यक्रम रहेको प्रचारप्रसार समितीका संयोजक तथा त्रिबेणीधाम सुधार समितीका उपाध्यक्ष राम चन्द्र पाठकले बताए ।

कार्यक्रममा महायज्ञका प्रमुख कथावाचक श्री इश्वरकृष्ण महाराजले देशभर रहेका सम्पूर्ण धार्मिक मनहरुलाई नुवाकोटमा एक दिन भए पनि पुगेर आयोजित कार्यक्रम र नेपाल भ्रमण वर्षलाई सफल बनाउन समेत अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्