धादिङमा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु



धादिङमा युवाहरुको दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय सन्तबहादुर तामाङ रहेका प्रहरीले जनाएको छ ।

तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । घटनामा घाइते भएका युवा रविन तामाङको उपचार भइरहेको छ ।

फुटबल प्रतियोगिताबारे विवाद हुँदा युवाहरुको समूहबीच झडप भएको बताइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्