बाम गठबन्धनले थाल्यो बाढी प्रभावित क्षेत्रबाट चुनावी अभियान




सैघाली खबर

दाङ, २३ कात्र्तिक । बाम गठबन्धन दाङ क्षेत्र नं. ३ ले बाढी पीडित क्षेत्रबाट चुनाबी अभियान शुरु गरेको छ । बर्षादको समयमा बाढीबाट क्षति भएकाहरुको स्थायी बसोबास निर्माण गर्न पहल थाल्न पहिलो प्राथामिकताका दिएर बाढी पीडित क्षेत्रबाट चुनाबी अभियान थालेको दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसीले वताउनुभयो ।‘ यहाँको एउटा मुख्य समस्याका रुपमा बाढीले निम्त्याउने समस्या रहेको छ’ उनले भने‘ यही मुख्य समस्याका रुपमा रहेका बाढीपीडितको अबस्था बुझ्न हामी शुरुमा त्यहाँ पुग्यौ ।’ उनले क्षेत्र नंं ३ का प्रत्येक ठाउका मुख्य समस्या के के समस्या छन्, ती समस्याको पहिचान तथा अनुगमण गरी सामाधानको बाटोमा लाग्ने कुरामा प्रतिबद्धता जनाउनुभयो ।

बिगत ३० बर्ष देखी आफुले गरिब, पीडितहरुकै आवाज उठाउदै आएको भन्दै आफु अब नेतृत्व तहमा पुगेर पीडितका समस्या सामाधान गर्न तर्फ लाग्ने बामगठबन्धनबाट दाङ क्षेत्र नंं ३ ‘१’ का उम्मेदवार माओवादी केन्द्रका नेता जगप्रसाद अपारले औल्याउनुभयो । मैले ज्यान हत्केलामा राखेर पीडितको पक्षमा लडे’ उहाँले भन्नुभयो अब ती पीडितका मुद्धालाई स्थापित गर्ने लडाईमा छु ।’ तुलसीपुर १३ का बिभिन्न ठाउमा भएको चुनाबी सभामा उपस्थित मतदाताहरुले आफुहरु बर्षैनी बाढीपीडित हुनुपरेको भन्दै जसले स्थायी बसोबासको ब्यबस्था गर्छ, त्यसैलाई भोट दिने बताएका थिए । बुधबार तुलसीपुर १३ को दमारगाउ, रणीयापुर, बराखुट्टी, गिधनीयालगायतका स्थानमा चुनाबी सभा भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्