सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
आजबाट दशरथ रंगशालामा सुरू भएको आठौं चरणको खेलमा मच्छिन्द्रले पुलिसमाथि १–० को जित निकालेको हो । पुलिसको जितमा रञ्जित धिमालले गरेको गोल निर्णायक बन्यो ।
रञ्जितले खेलको ५३ मिनेटमा गोल गरेका थिए । उनले उत्कृष्ट फ्रिकिङमार्फत गोल गरेका थिए । जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।
मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ । गोलअन्तरमा अघि रहेको आर्मीले पनि १६ अंक नै बटुलेको छ । यद्यपी आर्मीले १ खेल कम खेलेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।