शिवराजमा फलफूल बिकास स्रोत केन्द्र स्थापना हुने



कमलेश चन्द्र गुप्ता, चन्द्रौटा कपिलबस्तु  कपिलबस्तुको शिवराज नगरपालिकामा उष्ण प्रदेशीय फलफूल बिकास स्रोत स्थापना हुने भएको छ। भूमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय कृषि बिकाश निर्देशनालय रूपन्देही अन्तर्गत र शिवराज नगरपालिकाको सहकार्यमा शिवराज नगरपालिका वार्ड ८ को लक्ष्मणपुरमा फलफूल बिकाश स्रोत स्थापना हुने भएको हो

कृषि बिकास निर्देशनालयका बरिष्ट कृषि अर्थ बिज्ञ बुद्धिराज घिमारे , कृषि इन्जिनियर बिरेन्द्र पटेल र शिवराज नगरपालिकाको कृषि बिकास शाखाका प्रमुख तारा चन्द्र चौधरी को टोलीले प्रस्तावित स्थलको आज साईड अनुगमन गरेको छ। शिवराज नगरपालिकाका कृषि विकास शाखा को प्रमुख तारा चन्द्र चौधरीले स्रोत केन्द्रको स्थापना भए पछि यहाँको स्थानीयलाई फलफूल र फलफूलको बेर्ना सजिलै उपलब्ध हुन सक्ने साथै।साथै कृषि पढेको जे.टी. , जे.टी.ए. ,बीएससी एजी पढ्नेलाई अबलोकन केन्द्र पनि हुन सक्ने बताए।

अनुगमनमा कृषि विकास निर्देशनालयका बरिष्ट कृषि अर्थ बिज्ञ बुद्धिराज घिमिरेले उष्ण प्रदेशीय फलफूलको बिउबेर्नालाई आत्मनिर्भर गरी बढ्दो पूर्णवबर्तालाई संबोधन गर्ने बताए । यो स्रोत केन्द्रले भविष्यमा एवटा कृषि फर्मको रूपमा बिकास हुन सक्छ वाहले बताउनु भयो। यो वर्षमा नोक्सान गर्ने ,बारबन्देज गर्ने,माउ बोटको ब्यवस्थापन गर्ने र अन्य स्रोत केन्द्रका पूर्वाधारको ब्यवस्था गर्ने छौ र यो कार्यक्रम तीन वर्षको रहेको उनले बताए । कपिलबस्तु ज्ञान केन्द्र को प्रबिधिक र कृषि शाखाको प्रबिधिकको प्रत्यक्ष निरागनीमा यो स्रोत केन्द्र स्थापना हुने छ र स्थापना भए पछी शिवराज नगरपालिकालाई हस्थान्तरण गर्नेछौ भने उनलेे बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्