मोरङमा बिहीबार बिहान बस द’ुर्घटना हुँदा सोही बसका धनीको मृ’त्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रंगोलीका अनुसार बिहान साढे ६ बजेको समयमा धनपाल गाउँपालिकास्थित विराटनगर–रंगेली सडक खण्डमा पश्चिमतर्फ जादैँ गरेको मे१ख ४०९० नम्बरको बस दु’र्घटना भएको हो । लर्ड बुद्ध कलेजका विद्यार्थी ओसार्न प्रयोग हुँदै आएको उक्त बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दु’र्घटना भएको प्रहरीले जनाएको छ ।
दु’र्घटनामा सोही बसका धनी बिराटनगर–१५ बस्ने ३२ वर्षीय सानु साहको मृ’त्यु भएको हो । प्रहरीका अनुसार उनी बसमा सहचालकको भूमिकामा थिए । घाइते अवस्थामा उद्धार गरिएका साहको न्यूरो अस्पतालमा उपचारको क्रममा बिहान ७ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बसमा रहेका अन्य ५ जना घाईते भएका छन् । घाइतेहरुको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । दु’र्घटना भएको बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।