सशस्त्र प्रहरीले मनायो १८ औँ सशस्त्र प्रहरी दिवस (फोटो फिचर)




१८ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम गरेको गरेको छ ।

दिवसका अवसरमा बिहीबार सशस्त्र प्रहरीे मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा वर्षमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी अधिकारीहरुलाई विभिन्न अवार्डबाट सम्मान गरिएको छ । त्यस्तै कर्तव्य पालनाका शिलशिलामा ज्यान गुमाउने प्रहरी अधिकारीका परिवारलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले उत्कृष्ठ काम प्रहरी अधिकारीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाइएको बताए । उनले देशको सीमानाको रक्षार्थ तराइदेखि हिमालसम्म सीमा सुरक्षालाई बलियो पारिएको भन्दै सीमानामा गण, गुल्म र बीओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुत र व्यवस्थित बनाउँदै सबै सुरक्षा र स्थानीय निकायको समन्वय र सहकार्यमा आफ्नो जिम्मेवारी पुरा गरेको दावी गरेका छन् ।

‘सांगठनिक संरचना परिवर्तन गरी हिजोको आवश्यकतालाई हेरेर गृह मन्त्रालयको पहलमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको पहुँच र्पुयाइएको छ’ सम्बोधनका क्रममा खनालले भने, ‘पौने दुई वर्षे अवधिमा ५६ वटा नीति निदे्िशका, कार्य्विधि र ६५ वटा तालिम पाठ्यक्रम बनाएर तालिम शिक्षालयका साथै प्रधान कार्यालय, बाहिनी गण, गुल्म र बीओपीका माध्यमबाट नीति कार्यान्वयनलाई अघि बढाइएको छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्