शब्दमा शंकर पोखरेल 



 व्यक्तित्व

नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहनगर्नुभएको छ । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाहगर्नुभएको छ । विक्रम सम्वत २०१९ सालफागुन १५गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मनु भएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य हुनुहुन्छ । २०३६ सालमाभएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती ब्यवस्था अन्त्यकालागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेल्नु भएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्वगर्नुभएको थियो । गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उहाँ प्रमुख वक्ता हुनुहुन्थ्यो ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेलाहिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्तीअञ्चलका पहाडी जिल्लाहरुमा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नु भएको थियो । माओवादीहरुलाई शान्ति प्रकृयामा ल्याउनकालागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उहाँको सकृय सहभागित रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । जनकपुरमाभएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको थियो । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सका साथ उहाँले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुतगर्नु भएको थियो । राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिवहुनुहुन्थ्यो । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नु भएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उहाँले प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमाउहाँले संसदमासमेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सिमित सांसदहरुमा पर्नुहुन्छ ।त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गर्नुभएकापोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ ।

राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने उहाँयतिवेला नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)कातर्फवाट पाँचनम्वर प्रदेशको मुख्यमन्त्रीका प्रस्तावितहुनु भएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नु भएका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण लिइएको छ ।हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षितगर्ने काममापोखरेल निकै सक्रिय हुनुहुन्छ । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुनुहुन्छ । विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नु भएका पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उहाँले साहित्य सृजनातर्फ पनिउत्तिकै सक्रियताका साथ कलमचलाउनु भएको छ । पोखरेलले युगलहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन पनि गर्नु भएको छ ।

एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उहाँको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहनगर्नु भएको थियो । पटकपटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सिमित नेताहरु मध्ये हुनुहुन्छ । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुनुहुन्छ । उहाँहरुका दुई छोरी छन् ।

संक्षेपमा शंकर पोखरेलः

बाल्यकाल

विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तान 

 

शिक्षा

 

  •  त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।

राजनितिक यात्रा

  • आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य दिशाको रुपमा आत्मसात ।
  • ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
  • हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य , पार्टि स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा संचार मन्त्रीको जिम्मेवारी ।ड्ड नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीका प्रस्तावित ।
  •  नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।जिम्मेवारी जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
  • अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।२०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/४६ पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका ।२०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व  र गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता  ।
  • माओवादी आन्दोलन उत्कर्षमा रहेको बेलाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्वड्ड माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
  • एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।
  • केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताकासाथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।

प्रस्तुतीः अजय शर्मा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्