‘अन्यायमा परेका महिलाको हितमा लड्दै राजनीति मा आएकी हुँ’ अध्यक्ष कुवर




उत्तम थापा
महिला पनि एक राजनिती क्षेत्रको मुलधार हुन । महिलाले चाहे, सत्ता सम्हाल्न नसक्ने भन्ने कुरै हुदैन । यतिबेला हाम्रो देश नेपाल मोडिएको छ । परिवर्तन सम्वारको सँज्ञ्यामा देखिन्छ ।

हाम्रो देशमा कुसंस्कार कुप्रथा मान्ने चलन अधिकाश स्थानमा देख्न पाइन्छ ।यसको निमित्त महिलाहरुले एक ढिक्का भएर आवाज उठाउनु पर्न र सचेत हुनुपर्ने बाध्यता छ । हाम्रो देश नेपाल भौगोलिक दृष्टिकोणले सानो राष्ट्र मानिन्छ । जसमा राजनीति चलखेल धेरै भएको अनुमान गर्न मात्र है यथार्थ देख्न पाइन्छ । मेरो जन्म पनि नेपालमा भएको हो ,म नेपाली चेली हो ,नेपालीको सान,नेपाली हौँ हामी कसैले नगरौ अपमान भन्ने मेरो मुल लक्ष्य रहेको छ मैले पनि केही सोचेकी छु,त्यसैले राजनैतिक यात्रमा हुम्मिएकी छु ।

उनको पृष्ठभूमि यस्तो छ । सुनिता जि.सीको नेपालको गुल्मी जिल्ला धुर्काेट गाउँपालीका वडा नम्बर २ पिपलधारामा पिता गणेश बहादुर घर्ती क्षेत्री माता स्वगिय धन कुमारीको कोख बाट उनको जन्म भएको हो । कुवरको वैवाहिक जीवन भने इश्मा गाउँपालीका वडा नम्बर ६ अमरपुर राडदल चौर घनश्याम कुवरको छोरा नुरदेव कुवर सँग भएको थियो, उनी विवाहमा बाधिएपछि मित्रराष्ट्र भारतमा करिव २००३ साल देखि भारतको हिमाञ्चलमा बस्दै आएको र २००८ साल देखि विदेशी भुमिमा बसेर पनि आफ्नै व्यावसाय सम्हाल्दै आएकि छन ।

उनका अनुसार आफुले महिला भएको कारण धेरै ठुलो दुख्ख भोग्नु परेको महिलाले बाहिर हिड्दा बाहिर बस्दा खादा आफैले व्यावसाय गर्दा पनि धेरै कठिनाइ परेको बताए उनले जुनसुकै कठिनाइ पर्दाको समस्या समाधान आफ्नो पतिले सबै समस्य को समाधान गरेको आफुले अगाडि बढ्न सहज भएको उनको भनाइ छ ।

नेपालि जनसम्पर्क उत्तर भारत क्षेत्रिय अध्यक्ष रहेकी कुवर बाल्यकाल देखि नै निडरता पुर्वक र ईमानदारीका साथ काम गर्ने उनको लक्ष्य रहेको थियो कुवरल महिला नेत्री क्षेत्रमा काम गर्दै नेपाली काग्रेश बाट राजनैतिक गर्दै आउनु भएको हो । बिदेशमा बसेर पनि उनले नेपाली काग्रेश बाट २००७ सालमा नेपालि जनसम्पर्क समिति गाजियाबादले कुवरलाई फेरी राजनीति तर्फ लम्कायो उनी २०११ जुलाईमा फेरी महिला समिति केन्द्रीय महासचिवको जिम्मेदारी उनलाई मिल्यो उनी मध्य प्रदेशमा गएर अधिवेशन बाट निर्वीरोध पदमा चएन भएपछि उनले महिलाहरूको लागी धेरै महत्वपूर्ण कार्यहरू गर्दै आएकी छन । उनले दिल्लीमा बसेर पनि विदेशमा बसेका दाजुभाइ दिदीबहिनी लाई एक ढिक्का भएर हिड्न अनुरोध गर्दै विभिन्न खाले कार्यक्रम हरु गर्दै आएकी छन जस्तै तिज गीत को साथै आफ्नो परम्परागत संस्कृतिको पहिचान गर्नको लागी कार्यक्रमहरु गर्दै आएको पाईन्छ । त्यतिमात्र हैन उनले महिला क्षेत्रमा अन्यायमा परेका दिदीबहिनी लाई न्याय पाउनको लागि लडिरहेको बताईन । उनका भनाइ अनुसार अन्यायमा परेका महिलाहरुलाइ खवर पाउना साथ अफु सम्वन्धित स्थानमा पुग्ने गरेकी छन । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले नेपाली समाजमा बाडिपिडित लाई पनि सहयोग गर्दै आएको बताए ।

सुनिता जि.सी कुवर अहिले नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको महिला अध्यक्ष पदको जिम्मेवारी सम्हालि रहनुभएको छ । उनी अहिले पिडितहरुको न्यायको आवाज उठाउदै विदेशमा विचल्ली परेका हरुको उद्वारका लागि दिन हँ दौडधुप गरिरहेकी छन ।

दिल्लीमा राजनैतिक पाटो सम्हाली रहेकी कुवरले राजनैतिकमा भोग्नु परेको चुनौती धेरै छन ।उनले भनिन हामीहरूको सोच चाही के छ, भने महिला हो महिला ले केही गर्न सक्देन्न भन्ने सोच मैले मान्दैन कीन भने मै अध्यक्ष बनीसके पछी पनी संगठनमा धेरै अनुशासन रहेको महशुस भएको उनले बताएकि छन । एक महिला वीना घर राम्रो सग चलदैन भने संगठन पनी उस्तै हो । राजनैतिकमा महिला को भुमिका धेरै राम्रो हुन्छ कीन की महिला ले जती समस्या भोगाइ को अनुभव गरेका हुन्छन हाम्रो कोमल मन ,दया करूणा भिन्न खालको हुन्छ । शान्ति पुर्वक जती ठुलो समस्या भएपनी समधान गरीन्छ।महिलाको लागी हमेशा छुट हुनु पर्छ उ स्वतंत्र रहनु पर्छ् , परिवार बाट सपोर्ट भएन भने कुनै पनी महिला अगाडी बढ्दैन ।

सुनिता कुवर भन्छन् प्रवासी महिलाहरुको समस्या धेरै देख्छु । अती दु.ख लाग्छ तर समस्या भएका महिला सम्पर्कमा आउदा आफु सक्रिय हुदै उनको लागी लडीरहेकी छु लड्ने पनी छु भन्ने उनको उदश्य रहेको छ । ने.ज.स उत्तर भारत को नेत्त्रुतोमा सामाजिक कार्यहरू थुप्रै चेली बेटी लाई पैसा या वैदेशिक प्रलोभन देखाएर बेचिनपुगेका चेलीहरुको उद्घार देखी लीएर सि ए पढ्न आउने बच्चाहरु डिप्रेशनमा गएका बच्चाहरु सुसाइड गर्न हिडेका बच्चाहरुलाइ पनी सहीसलामत उनको परिवार लाई जिम्मा दीएकै छौ । नेपाली छोरीको बलत्कृत गरी मड्रर गरीएको इन्डियनलाई समातेर केश लडीरहेका छौ । नेपालीले नेपाली लाई खुकुरी प्रहार गरी मारेको नेपाली लाई पनि जन्म कैद हुनुपर्छ भनेर लडीरहेका छौ ।
राजनीति दृष्टिकोणले उनले भनिन् अहिले नेपाली काग्रेश रेफ्रिको भुमिका खेलिरहेको छ । कम्युनिस्ट सरकारले कसरी काम गरिरहेको छ यसको रेखदेख गर्दै आएको बताउदै कम्युनिस्ट सरकारले गरेका गतिविधि राम्रोसँग नियालेको अवका दिनमा काग्रेसले निर्णय दिने भन्दै अब काग्रेस सत्ता सम्हाल्ने दावि गरिन ।

ने.ज.स को अबको उदेश्य उदेश्य जसको नागरिकता छैन, उसलाइ नेपाल पठाएर भोट्रर बनाउने अहिले उनी जिल्ला गुल्मीले नेपाली काग्रेस जिल्ला कार्य समितिमा आमन्त्रित सदस्य को लागी मुल्यांकन गर्नू भएको छ । सभापति ज्यू लगायत पुरा कार्य समिति लाई धन्यवाद दीन चाहान्छु । ने.ज.स मा महिला हरूलाइ अगाडी बढाउने सक्रिय बनाउने मेरो सपना छ।पुरुषहरुको बीचमा सगै बसेर हिडेर कुनै संकोच नमानुन । हामी पनी पुरुष को बराबर अधिकार पाउनु पर्छ भनेर निडरतापूर्वक अगाडी बढाउने उनको सपना छ । हाल उनी दिल्लीमा राजनीति गर्दै आएको पाईन्छ । महिलालाइ कसैले हेप्नेकाम गरेको भए कडा भन्दा कडा चेतावनी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्