काठमाडौंबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । आजका पत्रपत्रिकामा राष्ट्रियसभा निर्वाचनका समाचारले प्राथमिकता पाएका छन् भने त्यस्तै, प्रदेश सांसद पक्राउ, सिद्धबाबा फरार लगायतका समाचारहरु पनि प्रकाशित छन् । यस्तै स्थानीय तहको कर, मन्त्रिपरिषदले गरेका निर्णय लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।
नयाँ पत्रिका दैनिकमा नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएको समाचार छ । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् । राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ । ‘
‘स्थानीय तहमा अचाक्ली कर’ शीर्षक दिएर कान्तिपुरले स्थानीय तहको करबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार स्थानीय तहले कमाइभन्दा पनि कर बढी लिन थालेका छन् ।विभिन्न स्थानीय तहले लिँदै आइरहेको करको दृष्टान्त प्रस्तुत गर्दै कान्तिपुरले लेखेको छ– स्थानीय सरकार सञ्चालनका लागि भन्दै नगर र गाउँपालिकाहरूले करको दर र दायरा दुवै बढाएपछि स्थानीय बासिन्दा चर्को मारमा परेको गुनासो गर्न थालेका छन् । बढी कर उठाउनकै लागि मूल्यांकन बढाइदिएपछि परम्परागत खेतीकिसानीका भरमा जीविका चलाउँदै आएका सर्वसाधारण जग्गाको कर तिर्न अब ऋण लिनुपर्ने वा बेच्नुपर्ने अवस्था आइलागेको बताइरहेका छन् । कतिपय स्थानीय तहले त वस्तुभाउको चरीचरन र उपचारमा समेत कर असुल्न थालेका छन् ।
माघ १३ गते हुने आफ्नै बिहेको कार्ड बाँड्न हिँडेकी युवतीको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएकोबारे कान्तिपुरले मर्मस्पर्शी रूपमा समाचार बनाएको छ । बिहेको कार्ड बाँड्दै हिँडेकी कञ्चनपुर महेन्द्रनगरकी रमिना भट्टको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
राष्ट्रियसभा निर्वाचन परिणामबारे अन्नपूर्णले विश्लेषण गरेको छ । अन्नपूर्णका अनुसार राष्ट्रियसभामा अब विपक्षी नाम मात्रको भएका छन् ।बिहीबार १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेन । १६ मा नेकपा र २ मा राजपाले जित निकालेका छन् ।
राजधानी दैनिकमा सरकारी अस्पतालप्रति सांसदहरुले नै विश्वास नगरेर उपचारका लागि निजी अथवा विदेश धाउने गरेको समाचारलाई शीर्ष समाचार बनाइएको छ । संसद सचिवालयको स्वास्थ्य इकाइका अनुसार सांसदलाई निजामति अस्पताल, वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायतका सरकारी अस्पतालमा उपचार निशुल्क गरिए पनि केही सांसद मात्र ती अस्पताल जाने गरेको समाचारमा लेखिएको छ । समाचारमा इकाइले आवश्यकता अनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पतालमा रेफर गर्ने भएपनि केही सांसद भने इकाइ नै नगई बिजी अस्पताल धाउने गरेका हुन् ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएको आजको नागरिक दैनिकमा समाचार छ । १३ औँ महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुँदा शशांकले सभापतिलाई साथ दिएका थिए । पुस ११ गते केन्द्रीय समितिबाट संस्थापन इतरको सहभागिताबिनै १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि भने महामन्त्री शशांक देउवाविरुद्ध देखिएका हुन् । सभापति देउवाविरुद्ध उत्रिएका संस्थापन इतरका अन्य नेताभन्दा आक्रामक देखिएका शशांकले देउवाबाट पार्टी नचल्ने बताउँदै आएका छन् । आगामी महाधिवेशनले पार्टी नेतृत्व परिवर्तन गर्ने शशांकको दाबी छ । शशांक अहिले एकाएक किन देउवाविरुद्ध आक्रामक देखिएका हुन् रु महामन्त्री शशांकनिकट एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवा सहमतिका आधारमा नभएर एकलौटी ढंगले अघि बढेपछि परिस्थिति फेरिएको सुनाउँछन् ।
सोही पत्रिकामा अन्नपूर्ण क्षेत्रको पदयात्रा जोखिमपूर्ण रहेको समाचार प्रकाशित छ । गत शुक्रबार एबिसी पदमार्गमै आएको हिमपहिरोमा परेर हराएका चार कोरियाली पदयात्री र तीन नेपाली गाइड अझै फेला परेका छैनन् । बारम्बार पदमार्गमा क्षति हुन थालेपछि सुरक्षित पदयात्राबारे प्रश्न उठ्न थालेको छ । साहसिक मानिएको पदयात्रा सुरक्षित बन्दै गएको भन्दै पदयात्रा व्यावसायीले पनि चिन्ता जनाउन थालेका छन् ।
‘साहसिक मानिएको पदयात्रा क्षेत्र नै जोखिमपूर्ण बन्दै गएको यसले व्यवसायीलाई चिन्तित बनाएको छ,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाली ९टान० पश्चिमाञ्चल क्षेत्रयि संघको विपद् व्यवस्थापन टिमका संयोजक दीपकराज अधिकारीले भने, ‘बारम्बार पदयात्रा क्षेत्रमा एकैखाले घटना दोहोरिन थालेका छन् ।
अन्नपुर्ण पोष्टमा ‘थुन्न नभन्दै फुत्किए सिद्धबाबा’ शीर्षकमा समाचार छ । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीबार त्यसलाई बदर गरी थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् । उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्नो आश्रमबाट उच्च अदालत जाने भनेर हिँडे । मुद्दाको सुनवाइ जारी रहेकै बेला अदालत नगइ सीधै जोगवनीतर्फ हानिए । अनौठो कुरा त – यौन दुराचारमा मुद्दा विचाराधीन रहेका उनका लागि सरकारले अङ्गरक्षक खटाएको छ । उनका लागि सरकारले नेपाल भारत सीमामा पुगेपछि उनले अङ्गरक्षक प्रहरी हवलदार मुकेश साहलाई फिर्ता पठाएका छन् । आफ्नै खेलाँचीले उम्किन दिएको प्रहरीले भने अदालतको आदेशपछि गिरीलाई व्यापक रुपमा खोजिरहेको छ । सिद्धबाबाले दिउँसो १ बजे सीमापार गरेको जानकारी आएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । स्रोतका अनुसार उच्चबाट आफ्नो पक्षमा आदेश नआउने बुझेर गिरीले पहिल्यै नेपाल छाडेका हुन् ।
नेपाल कोरोना भाइरसको उच्च जोखिममा परे पनि सरकारले पूर्वतयारी नगरेको भन्दै नागरिकले चिन्ता व्यक्त गरेको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।