काठमाडौं ।चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन्। त्यो भाइरसका कारण अहिलेसम्म २५ जनाको ज्यान गइसकेको छ।
करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।
चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन्। अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ। । यसको असर नेपालमा पनि पर्ने संकेत गर्दै यता पनि सतर्कता अपनाएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।