उज्यालो रुकुम मेरो परिकल्पना हो ः शर्मा



सैघाली खबर
रुकुम, २३ कार्तिक ।वामगठवन्धनको तर्फवाट प्रतिनिधि सभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले उज्यालो रुकुम आफ्नो कल्पना रहेको बताउनुभएको छ । रुकुममा बग्ने दुई नदि सानीभेरी र ठुलीभेरी विभिन्न खण्डमा विद्युत आयोजना विकास गरेर तिन हजार मेगावाट विद्युत उत्पादनको योजना अगाडि बढेको वताउनुभएको छ ।

रुकुम जिल्लाको विकास र समृद्धिका लागि यो योजना महत्वपुर्ण कोशेढुंगा हुने पनि उहाँको भनाई छ । भेरी नदिलाई वाँध वाँधेर विद्युत उत्पादन संगै चौरजहारी क्षेत्रमा देखिएको सिंचाई र खानेपानीको समस्या दिर्घकालीन रुपमै हल गर्ने योजना पनि शुरु भएको उहाँले वताउनुभयो ।

पश्चिम रुकुमको चौरजहारी स्थित शंखपिपलमा भएको वामगठवन्धनको चुनावी सभालाई सम्वोधन गर्दै उम्मेद्धार प्रभाकरले कसैका लागि यि योजना हावादारी लागे पनि जोखिम नउठाई जनताको जिवनमा परिवर्तन नआउने वताउनुभयो । विश्वले अहिले आधुनिक विकास र समृद्धिको उपभोग गरिरहेको वताउदै त्यसको लागि युद्धस्तरमा आफुहरु वढनुको विकल्प नभएको वताउनुभयो । विश्वले १०० वर्षमा गरेको विकास र प्रगति नेपालमा कम्युनिष्टहरुले दश वर्षमा गरेर देखाउने वताउनुभयो ।

चौरजहारी क्षेत्र रुकुमको विकास र समृद्धिको ढोकाको संज्ञा दिदै समग्र रुकुमको विकास प्रक्रियामा नमुना वन्ने उम्मेद्धार प्रभाकरको भनाई छ । उहाँले मध्यपहाडी लोकमार्ग भित्रको नमुना शहरको रुपमा रहेको चौरजहारीको मुहार चाडै फेरीने वताउनुभयो । आगामी २ वर्षभित्र मध्यपहाडी लोकमार्गको कालोपत्रे पुरा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता नेकपा ९एमाले०का केन्द्रीय सदस्य शेरवहादुर केसीले पार्टी एकताको लहरमा नेपालका सवै कम्युनिष्ट पार्टीहरु थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँले साना पार्टीको ठुलो नेता हुनुभन्दा ठुलो पार्टीको कार्यकर्ता हुनुमा आफुलाई गौरव हुने वताउनुभयो । नेपालमा समाजवादी क्रान्तिका लागि विशाल कम्युनिष्ट पार्टी निर्माणको अभियान शुरु भएको वताउदै केन्द्रीय सदस्य केसीले वामपन्थि शक्तिलाई आआफना खोपी र चुलाचौका वन्द गर्न आव्हान गर्नुभयो । उहाँले दक्षिणपन्थि प्रतिक्रियावादी शक्तिलाई आसन्न निर्वाचनमा कुचो लगाएर वढार्नुपर्ने वताउदै वामगठवन्धनका उम्मेद्धारलाई विजयी गराउन सवै मतदातालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा ९माओवादी केन्द्र०का जिल्ला ईन्चार्ज राजकुमार शर्मा, प्रदेश सभा क्षेत्र नं। २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी, चन्द्रवहादुर विक र देवि ओली लगायतले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक गायकहरु अमित परियार, तिलक परियार, डिल्ली परियार लगायतले गित मार्फत वामगठवन्धनका उम्मेद्धारहरुको पक्षमा मत माग्नुभएको थियो । यसैगरि सहीद स्मृति कला उत्थान केन्द्र साँस्कृतिक परिवारले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरेको थियो ।

चौरजहारी नगरपालिकाको शंखपीपलमा सम्पन्न यो कार्यक्रम पश्चिम रुकुममा वामगठवन्धनको यो पाँचौं चुनावी सभा हो । सभाको संचालन पार्टी एकता संयोजन समिति चौरजहारीका प्रमुख नेता विशाल शर्माको अध्यक्षता र अर्का प्रमुख नेता ऋषिप्रसाद शर्माले संचालन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्