मलेसियामा अवैध कामदार अझै बाँकी, कति छन् अझै ?



काठमाडौं । गतवर्ष सञ्चालन गरेको ‘गुड फर ब्याक’ कार्यक्रमबाट अपेक्षित रुपमा अवैध रुपमा बसीरहेका विदेशी कामदार घर नफर्किपछि मलेसियाले यस वर्ष नयाँ कार्यक्रम ल्याउने भएको छ । मलेसियाले गतवर्ष अगस्ट देखि गत डिसेम्बर ३१ सम्म अवैध आप्रवासी कामदार घर फर्काउन गुड फर ब्याक कार्यक्रम घोषणा गरेको थियो ।

त्यस कार्यक्रमबाट पनि मलेसियामा बसेका सबै अवैध कामदार घर नफर्किएपछि यस वर्षपनि कार्यक्रम सञ्चालन गर्ने त्यहाँका गृहमन्त्री मुहियिद्धिन यासिनले बताएका छन् । तर कार्यक्रमको स्वरुपबारे अन्य सरोकारवाला मन्त्रालयहरुसँग छलफल गरेर सार्वजनिक गरिने उनको भनाइ रहेको छ ।

मलेसियाका नेपाली कामदार करार अवधि सकिनासाथ घर फर्किने आप्रवासी कामदारको वर्गमा पर्ने गरेका छन् । गत वर्षसम्म १२ हजारको हाराहारीमा अवैधानिक रुपमा रहेका नेपाली कामदार गुड फर ब्याक कार्यक्रममा सहभागी भई आठ हजारको हाराहारीमा घर फर्किई अझै ४ हजार अवैध रुपमा बसी रहेको अनुमान गरिएको छ । मलेसियाली गृहमन्त्री यासिनले अटेर गरी बस्ने अवैध आप्रवासी कामदार विरुद्ध कडा कानूनी प्रबन्ध गर्ने संकेत दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्