कांग्रेस शीर्ष नेताहरूको बैठक आज पनि बस्दै



काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। बैठक पार्टी सभापित शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बिहान १० बजे बस्न लागेको हो। यसअघि बुधबार भएको छलफलको निरन्तरता स्वारुप सभापति देउवाले आज पनि शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

बैठकमा कांग्रेस संस्थापनइतरले संस्थापन पक्षसँग १४औं महाधिवेशन सुनिश्चितता खोज्ने भएको छ। सभापति देउवाले बोलाएको शीर्ष नेताहरूको बैठकमा राखिने अडानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिहीबार बैठक बोलाएको थियो।

महामन्त्री डा शशांक कोइराला निवास महारागञ्जमा बिहीबार बैठक बसेको हो। १४औं महाधिवेशन ‘फ्री एण्ड फेयर’ हुुनुपर्ने संस्थापनइतर पक्षको माग छ। पौडेल निकट केन्द्रीय सदस्य कल्याण गुरुङले महाधिवेशन स्वच्छ हुनुपर्ने विषयमा छलफल भएको बताए।

क्रियाशील सदस्यता आफू खुसी मनोमानी ढंगले वितरण गर्ने संस्थापन पक्षको तयारी रहेको भन्दै अर्काे पक्षले आपत्ति जनाएको छ। नेता गुरुङले भने,‘वडा तहको अधिवेशन हुनुअघि क्रियाशील सदस्यको अन्तिम नाम पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्छ।’

क्रियाशील सदस्यता छानबिनका लागि विशेष समिति गठनको मागसमेत उठाइएको छ। पुस ११ मा पारित महाधिवेशनको कार्यतालिका हेरफेर हुनुपर्ने प्रस्ताव गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्