सांसद मनाङेले झापड हानेका गुरुङ पक्राउ




सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ । ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो । जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

‘ठगी र बैंकिङ कसुरमा विभिन्न व्यक्तिले जाहेरी दिएका छन, त्यसैको अनुसन्धान सिलसिलामा उहाँलाई पक्राउ गरिएको हो,’ कार्कीले भने । एन्फा कास्कीका अध्यक्ष रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए ।

यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन् । मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्