काष्ठमण्डप पुननिर्माणका लागि थप ५ करोड प्रदान




काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुननिर्माणका लागि थप ५ करोड रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रामबीच महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक प्रदान गरेका हुन् ।

यसअघि २०७५ जेठ २९ गते काम सुरू गर्न ५० लाख रुपैयाँ र त्यसै वर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । थप रकम सहित काष्ठमण्डपमा पुनर्निर्माणका लागि १० करोड ५० लाख रकम निर्माण समितिलाई हस्तान्तरण गरिएको महनगरले बताएको छ ।

पछिल्लो पटक हस्तान्तरण गरिएको रकमबाट काष्ठमण्डपको ५५ प्रतिशत काम सकिएको मेयर शाक्यले बताए । थप रकमको चेक हस्तान्तरण गर्दै मेयर शाक्यले भने, ‘कामको प्रगति राम्रो भएपछि महनगरले थप ५ करोड रुपैयाँ दिने निर्णय गर्यो। हामी हाम्रै कार्यकालमा निर्माण सक्छौं ।’

काठमाडौं क्षेत्र नं. ८ का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय समितिले काष्ठमण्डप पुनर्निर्माणको जिम्मा लिएको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि दैनिक ४० जना न्दा बढी कलाकार तथा श्रमिकले काम गरिरहेका निर्माण समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्