पेट्रोल पम्पमा आगलागीमा एक जनाको मृत्यु



सैघाली खबर
काठमाण्डौ, २३ कार्तिक ।
काठमाडौंको त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्पमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ।

दशरथ रंगशाला अगाडिको जयन्ती पम्पमा बिहीबार साँझ साढे छ बजे भएको आगलागीमा मृत्यु हुनेको परिचय भने नखुलेको एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो । । घटनामा एक जना घाइते पनि भएका छन्।

नियन्त्रण गर्न काठमाडौं र ललितपुरबाट दमकल आइसकेका छन्। आगलागीको कारण हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्