चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्ने कारण छैन प्रधानमन्त्री



सैघाली खबर
काठमाण्डौ , २३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताउनुभयो । प्रधानमन्त्री देउवाले ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै प्रा डा केसीलाई विश्वस्त हुन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा प्रा डा केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गर्नुभएको थियो । प्रा डा केसीले शिक्षा मन्त्रालयले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्रको विषय र एमबिबिएस परीक्षामा भएको चिट काण्डको प्रतिवेदन शीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई टेलिफोन गरी काउन्सिलबाट पत्र फिर्ता ल्याउन निर्देशनसमते दिनुभएको भेटमा सहभागी डा अभिषेकराज सिंहले बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्