गरिवी निवारणका लागी लघु उद्मम विकास कार्यक्रम

ब्यबसाय गर्न सुधार TOSE तालीम सञ्चालन


उत्तम कुमार थापा

स्थानीय तह गौमुल गाउँपालीकामा गरिवी निवारण्का लागी लघु उद्मम विकास कार्यक्रम व्यावसाय सुधार तयकभ तालीम सञ्चालन गरिएको छ ।

बजुरा जिल्लाको दुर्गम स्थानमा रहेको स्थानीयतह गौमुलले विकासीय एजण्डामा जोड दिदै आएको छ । विकास संगसंगै वेरोजगारहरुलाई कसरी रोजगारी तिर लैजाने भन्नेमा ठुलो चिन्ता गदै विभिन्न तालीमहरु संञ्चालन गदै आएको पाईन्छ ।
स्थानीय तहको निर्वाचन पछि विकासमा निकै अगाडी देखापरेको गाउँपालीकाले स्थानीयतहका धेरै स्थानमा कार्यक्रम गर्दै आएको पाईएको हो । भने,अहिले यहि ८ गते देखी गौमुल गाउँपालीका र घरेलु साना उद्योग विकास समितिको आयोजनामा ४५ दिने तालीम सुरु गरेको हो ।

गरिवी निवारण सम्वन्धी संञ्चालन गरिएको उद्धघाटन कार्यक्रममा गौमुल गाउँपालीकाका उपाध्यक्ष सिता थापाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने, विभिन्न संस्थाका पदाधिकारीहरु उपस्थिती रहेको गाउँपालीकाले जनाएको छ ।

गाउँपालीका र घरेलुको संयुक्त आयोजनामा संचालित तालीममा २२ जनाले तालीम लिएका हुन ।
४५ दिने तालीममा हाम्रो गाउँघरको वेरोजगारी लाई अन्त्य गर्ने,महिलालाई सिपमा आधारीत बनाई आत्म निर्भर बनाउने आफै काम गरेर खाने अरुको भरमा पर्न नपर्ने बाध्यतालाई अन्त्य गर्नलाई आफु लागि परेको उपाध्यक्ष थापाले बताए ।

उनले भने मैले मेरो कार्यकाल भित्र सम्पुर्ण महिलामा परिर्वतन ल्याउने , विकास बारे सबैसंग हातेमालो गर्ने उहाले बताए । उपाध्यक्ष थापाका अनुसार तालीम लिएका सबै जनाले आफुले सिकेको सिपको सदुपयोग गर्न आग्रह गर्दै तालीमको सदुपयोग नगर्नेलाई फेरी तालीम दिने नगर्नेलाई गर्न लगाउने उनको भनाई थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्