मजदुरहरुको नाममा सामाजिक सुरक्षा कोष कटौती गर्न मजदुर युनियनको माग



 

उर्मिला यादव सुनवल
नेपाल बिजुली, पेन्टर ,प्लम्बर तथा निमार्ण मजदुर युनियन क्युपेकले मजदुरहरुको नाममा सामाजिक सुरक्षा कोष कटटा गर्ने ब्यवस्था गर्न माग गरेको छ । आज सुनवल नगरपालिका वडा नम्बर १३ मार्फत निमार्ण ब्यवसायी संघ जिल्ला कार्य समितीलाइ ज्ञापनपत्र बुझाउदै सम्पुर्ण निमार्ण ब्यवसायीहरु सामाजिक सुरक्षाकोषमा सुचिकृत भइ आफनो मजदुरहरुको समेत सुचिकृत गरी मजदुरहरुको नाममा सामाजिक सुरक्षा कोष कटटा गर्ने ब्यवस्था गर्न माग गरेको हो ।
यस्तै गरी निमार्ण क्षेत्रको काममा बिदेशी कामदारको अभिलेख राख्न र बिदेशी श्रमिक भित्राउने प्रबृतिलाई न्युनिकरण गरी स्वदेशी कामदारहरुलाई काममा लगाउन र उनीहरुको दक्षतालाइ अभिबृद्धि गर्ने कामको थालनी गरीयोस् भन्दै क्युपेक नेपालका सचिव सुरेश प्रसाद चौधरीद्धारा हस्ताक्षरित .ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

क्युपेकले निमार्ण क्षेत्रमा कार्यरत श्रमिकहरुको अधिकार तथा सामाजिक सुरक्षा प्रत्याभूतिका लागी बिगत २०५९ सालदेखि नै निरन्तर आवाज उठाउदै आएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । २०७५ साल मंसिर ११ गते नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने घोषणा गरेको थियो जसको क्युपेकले स्वागत समेत गरेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

योगदानमा आधारित सरकारले सामाजिक सुरक्षा ऐन तथा नियमावली समेत जारी गरीसकेको अवस्थामा निमार्ण क्षेत्रका ब्यवसायीहरु किन सुचिकृत नभएको भनी क्युपेक नेपालले ज्ञापन पत्रमा प्रश्न गरेको छ भने यो बिषयमा मजदुर जवाफ खोजिरहेको समेत उल्लेख गरीएको छ ।
यस्तै गरी निमार्ण कार्यस्थलमा हुने दुर्घटनाको न्युनिकरणका लागी ब्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन र ब्यक्तिगत सुरक्षा सामाग्री बितरण र प्रयोग अनिवार्य रुपमा गर्न क्युपेक नेपालले माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्