फेरि लियो टिपरले गैंडाकोटमा एक जनाको ज्यान



नवलपुर । पूर्वीनवलपरासीको गैंडाकोटमा शुक्रबार राति टिपरको ठक्करबाट एक जनाको निधन भएको छ ।ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो ।बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गंैडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्