अमेरिकी सैन्य क्याम्पमा इरानको रकेट आक्रमण: सैनिकहरुको मस्तिष्कमा चोटसंगै घाइते !



काठमाडौं । इरानले अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्दा घाइते भएका अमेरिकी सैनिकहरुको मस्तिष्कमा चोट लागेको छ ।केही दिनअघि इराकको बगदादमा इरानले अमेरिकी सैन्य क्याम्पमा रकेट आक्रमण गरेको थियो ।

अमेरिकाले हवाइ आक्रमण गरेर इरानी सैन्य कमाण्डर कासेमा सुलेमानीलाई मारेपछि त्यसको बदला लिन भन्दै इरानले अमेरिकी सेनाका क्याम्पमा हमला गरेको थियो ।उक्त हमला लगत्तै अमेरिकाले आक्रमणमा मानविय क्षति नभएको दावी गर्दै आएको छ ।

तर अधिकारीहरुका अनुसार अझै १७ जना सैनिकहरु उपचारकै क्रममा रहेका छन् ।राष्ट्रपति ट्रम्पले इरानविरुद्ध फेरि कारवाही नगर्ने आफ्नो नीतिका कारण मानवीय क्षति नभएको दावी गरेका थिए ।स्वीट्जरल्याण्डको डाबोसमा भएको वल्ड इकोनोमी फोरममा सहभागी हुने क्रममा राष्ट्रपति ट्रम्पले इरानको आक्रमणमा आफ्ना सेना घाइते भएको बताएका थिए ।

अमेरिकी रक्षा विभागका प्रवक्ता जोनाथन होफम्यानले घाइते आठ जनालाई थप उपचारका लागि अमेरिका पठाइएको बताए ।घाइतेमध्ये नौ जनालाई यसअघि नै जर्मनी पठाइएको उनले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्