आयोगले उद्योगी व्यवसायी सँग छलफल गर्दै



सैघाली खबर
काठमाडौं,२४ कार्तिक


प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १६दिन बाँकी रहँदा दलहरुले प्रचार प्रसार तिब्र बनाएका छन् । प्रमूख दलका शिर्ष नेताहरु विभिन्न जिल्लामा पुगेर चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको पक्षमा जनमत जुटाउने प्रयत्नमा लागेका छन् । निर्वाचन आयोगले पनि निर्वाचन आचार संहिता सँग जोडिएका विषयमा छलफल गरिरहेको छ ।

दलका तर्फबाट मागिने चन्दाका विषयमा आज आयोगले व्यवसायीहरु सँग छलफल गर्दैछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको गुनासो आएपछि आयोगले छलफल गर्न लागेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चुनावमा हुने आर्थिक आचारसंहिताका विषयमा छलफल गर्न लागेको जानकारी दिनुभयो । छलफल ११ बजे तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्