महालक्ष्मी विकास बैंकद्वारा ट्राफिक कार्यालयलाई जनचेतनामूलक हाेडिङर्वाेड हस्तान्तरण




उत्तम कुमार थापा
बझाङ जिल्लामा रहेको महालक्ष्मी विकास बैंक शाखा कार्यालय बझाङद्वारा जिल्ला ट्राफिक कार्यालय सिमखेत र बाग्थालालाई जनचेतनामूलक हाेडिङर्वाेड वितरण गरिएको छ ।

जिल्लामा रहेको महालक्ष्मी बैंक कार्यालयले जिल्लामा  आएदेखी  विभिन्न विद्यालय हरुमा शैक्षिक सामाग्री वितरण गर्दै आएकाे थियाे भने बजार सरसफाइमा पनि अग्रसरता देखाएको पाइन्छ । पहिलाे बर्षमा विभिन्न बिधालयमा  वितरण गरेकाे सामाग्रीबाट निकै प्रभावकारी बन्दै आएकाे महालक्ष्मी बिकास बैंक शाखा कार्यालय बझाङले अघिल्ला बर्षझै यस बर्ष पनि बझाङकाे सदरमुकाम चैनपुर सरसफाइ हुनुपर्छ भन्दै, डस्टपिन वितरण गरे सँगसँगै आज जिल्ला ट्राफिक कार्यालयलाई जनचेतनामूलक मुलक हाेडिङर्वाेड प्रदान गरेकाे हाे ।

जिल्लाकाे सिमखेतमा रहेको ट्राफिक कार्यालयमा एक अनाैपचारीक कार्यक्रम गर्दै ट्राफिक प्रमुख भिम बहादुर रावललाई महालक्ष्मी बिकास बैक शाखा कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख मनाेज तिमेल्सेना, कृष्ण पण्डितले हस्तान्तरण गर्नुभएको महालक्ष्मी बैंकले जनाएको छ ।

बझाङ जिल्लामा मात्र नभएर विभिन्न ठाउँहरुवाट गाडीहरु आवतजावत हुने भएकोले गाडी चलाउने ड्राइभरलाई नियमको पालना गर्नकाे लागि साे बाेर्ड प्रदान गरेकाे भन्दै ट्राफिक प्रमुख रावलले बैकका सबै कर्मचारीलाई बधाई दिनुका साथै सबैले हातेमालो गर्नुपर्ने बताए ।

महालक्ष्मी विकास बैंकले यसरी जिल्लामा विभिन्न सामाग्रीहरु वितरण गर्दै आएकाे छ भने दिगाे विकास समाज रुपान्तरणमा पनि टेपा पुर्‍याउने खालका कामहरु गर्दै आएकाे पाईन्छ । महालक्ष्मी बैकका शाखा निमित्त प्रमुख रहेका तिमेल्सेनाले भने, सबैलाई आफ्नाे बैंकमा खाता खाेल्न पनि आग्रह गर्दै सेवा सुविधा बारेपनि जानकारी गराउनु भएको थियाे कार्यक्रममा जनसमुदायहरुकाे उपस्थिति रहेको थियोे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्