मुख्य समाचार

भारतीय आइओसीको टोलीले आज स्थलगत अनुगमन गर्ने

By थाहा अनलाइन

November 10, 2017

सैघाली खबर काठमाडौं,२४ कार्तिक

दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् । टोलीले आज स्थलगत अनुगमन गर्ने भएको छ । लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपाल आएका हुन् ।

पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडि बढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायसँग छलफल गरेका छन् । आईओसी प्रतिनिधिले पाइपलाइन विस्तारको काममा सहयोग गर्न नेपाली प्रतिनिधि लाई आग्रह गरेको छ । पेट्रोलियम पदार्थको आफूर्ति व्यवस्था सहज बनाउन भारतले रक्सौलदेखि अमलेखगञ्ज सम्म पाइपलाइन विस्तार गर्ने भनेपछि सो कार्य अगाडि बढाउन लागिएको हो । आईओसी र नेपाली प्रतिनिधिबीच बिहीबार भएको छलफलका क्रममा पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारत तयार भएको आईओसी प्रतिनिधिले बताएका छन् ।