‘ए’ डिभिजन लिग: एनआरटीविरुद्ध आर्मीको बराबरी



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदार बिभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा शीर्ष स्थानमा रहेको टोली आर्मीले न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा सिमित भएको थियो । बराबरीसँगै आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । आर्मी स्थानमा छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्