मुख्य समाचार

उखु किसानको समस्या समाधानका लागि गम्भीर भएर लागेको सरकारको भनाइ

By थाहा अनलाइन

November 10, 2017

सैघाली खबर काठमाडौं,२४ कार्तिक

सरकारले उखु किसानको समस्या समाधानका लागि गम्भीर भएर लागेको जनाएको छ । उद्योगले उधारोमा उखु किन्ने, लामो समयसम्म किसानलाई पैसा नदिने, उखुुको मूल्य उद्योगले मनोमानी निर्धारण गर्नेजस्ता विषयमा गम्भीर छलफल भएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले उखु किसानले समस्या परेमा किसान आयोगमा पनि आफ्ना समस्या राख्न सक्ने बताउनुभयो । अहिले उखुको मूल्य तोक्न नसक्दा किसानहरुलाई समस्या भएको छ । चुनावका कारण मूल्य तोक्नेकाम फेरि पछि धकेलिने देखिएको छ । काट्ने बेला भएपछि उखुको मूल्य निर्धारण गर्ने कुरा चल्ने, कुरा नमिलेर वार्ता लम्बिँदै जाने र उखु काट्न अबेर भइसक्ने डर भएपछि सहमति हुने रीत वर्षौंदेखि चलिरहेको छ । यसपालि किसानले समयमै मूल्य निर्धारणको माग उठाइरहेका छन् ।