मिटरव्याजमा पैसा लगानी गर्ने, ज्यान मार्न धम्की दिने पक्राउ



काठमाडौं । काठमाडौंको तारकेश्वरबाट एक मिटरव्याजी पक्राउ गरेका छन । तारकेश्वर नगरपालिका वडा नं. ६ का भोलानाथ अर्यालले मानिसहरुलाई पैसा दिएर खालि चेक लिने र आफु खुसी रकम भरेर बैकबाट बाउन्स गराउने र अदालती प्रक्रियाबाट मानिसलाई दुख दिने गर्ने गरेका थिए ।

अर्यालले आफ्नै गाउका मान्छेलाई अषाढमा चारलाख दिए झुक्काएर २ चेक लिएका उनले भदौमा चारलाख लिएर आफु मिटर व्याजी भएको भन्दै थप चार लाख समेत माग गरेका थिए । आफुले त्यति दिन नसक्ने बताएपछि बैकमा बाउन्स गरि प्रहरीमा उजुरी गर्ने थम्की दिएपछि थप एक लाख पचहत्तर हजार दिएका थिए । झुक्काएर लिएको दुबै चेक बाउन्स गर्दै उनले पैसा लिएपनि अदालतमा मुद्दा पनि चलाएका रहेछन । एउटा चेकमा रहेको मुद्दाको अन्तिम फैसला समेत भई खारेजी भएको थियो ।

त्यति लिएपछि पनि उनले दुख दिन नपुगेपछि उनले आफुसंग भएको अर्को चेकले पुन मुद्दा दर्ता गरि अदातलका गई सबै जग्गा समेत रोक्का गरि दुख दिएका छन । चारलाख लिएर ९८ लाखको चेक बनाएर बाउन्स समेत गर्ने उनको मिटर व्याजको धन्दा बालाजु एरीयामा खुबै फस्टाएको छ ।

आफुलाई मिटरव्याजको नाममा लुटिएका एक युवाले प्रहरीमा उजुरी गरेपछि उनले बालाजुमा केही मानिसहरु लगाएर थकाउदै हातपात गरेका थिए । आफुले गरेका कालो कर्तुत बाहिर आउने भन्ने डरले ज्यानै समेत मार्ने थम्की दिएपछि ति यवाले परिसरमा पुन उजुरी समेत दिएका थिए ।

बिशेष उजुरीको आधारमा आज महानगरिय प्रहरी परिसद काठमाडौंले आज उनलाई पक्राउ गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्