सैघाली खबर
काठमाडौं,२४ कार्तिक
करिब एक दर्जन राजकुमारसमेतलाई पक्रेर भ्रष्टाचार विरुद्धको अभियान तीब्र पारेको साउदी अरबले यही अभियोगमा दुई सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
ती सबै सँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ ।पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माध्यमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जनाएका छन् ।
तीन वर्षसम्म चलेको अनुसन्धान पछि गएको शनिवार रातदेखि दुई सय एक जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ता शेख सउद अल मोजेबले जानकारी दिनुभयो ।
जसमा राजकुमार, केही मन्त्री, ठूला व्यापारीसमेत रहेको बताइएको छ। हिरासतमा लिइएकामा अरबपति व्यापारी राजकुमार अलवलीद बिन तलाल, राजकुमार मितेब बिन अब्दुल्लाह, उनका भाई तुर्की बिन अब्दुल्लाह लगायत रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।