उन्नाइस वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिता आज बाट



सैघाली खबर
काठमाडौं,२४ कार्तिक

 


विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत उन्नाइस वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले प्रारम्भिक चरणमा २८ खेलाडीलाई छनोट गरेको छ । बन्द प्रशिक्षमा भने अहिले २४ खेलाडी सहभागी छन् ।

मलेसियामा आजदेखि शुरु हुने उन्नाइस वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिताले गर्दा २४ खेलाडी मात्र बन्द प्रशिक्षणमा राखिएको टोलीका मुख्य प्रशिक्षक टमाटाले जानकारी दिनुभयो ।

प्रारम्भिक चरणमा २६ खेलाडीको नाम सार्वजनिक गरिएको र एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । छनोट हुने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, करण केसी, दिलिप नाथ तथा दीपेन्द्रसिंह ऐरी छन् ।

त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, सुशान भारी, सुशील कँडेल, नरेश बुढा एर, शक्ति गौचन, जीतेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, अनिल मण्डल, कुशल भुर्तेल, विक्रम सोब र सुनिल धमला छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्