आगामी तीन दिनको मौसम यस्तो छ : हेर्नुहोस् कहाँ कस्तो रहने छ ?



काठमाडौं। जल तथा मौसम पूवर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।महाशाखाले पश्चिमी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ र तराईका भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। पूर्वी उच्च पहाडी तथा हिमालि भु-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार राति देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानाुमान गरेको छ ।

त्यसैगरी सोमबार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

सोमबार राति देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही १(२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आंशिक बादली रहनेछ।

माघ १४ गते मंगलबार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू(भागका १-२ स्थानहरुमा हल्का वर्षा र बाँकी भु(भागमा आंशिक बदली रहनेछ।

मंगलबार राति देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी भू-भागका केही स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पूर्वी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सुरकुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्