कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म



काठमाण्डौ १७, २०७४ कक्षा ११ को परीक्षा आगामी असार १ देखि हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड एनइबी को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो । बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।

निर्वाचनका कारण पटक पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते सारिएको थियो । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेपछि एनइबीले असार ८ गतेलाई परीक्षा सारेको थियो । सरकारले पुनस् जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योलमा परेको बोर्ड बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १४ असारमा चुनाव गर्ने निर्णयसँगै असार १ गते नै परीक्षा गर्ने निर्णयमा पुगेको हो ।

चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परीक्षा पटक पटक सार्दा अन्योलमा परेका थिए । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले बल्ल ११ कक्षाको अन्तिम परीक्षा दिने मिति तय भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड एनइबी को शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि यी विद्यार्थी परिक्षामा सहभागी हुनुपर्ने हो । तर, सरकारले स्थानीय तहको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परेका थिए । ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्