एमसीसी बारे एक अनुसन्धान मुलक लेख: डा.रोदन महरा



“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे”

कवि माधव प्रसाद घिमिरेको कविता, “नेपालको वर्तमान दिनहरुलाई सचेत गराउन सायद यी शव्दहरु साहित्यको लयमा बुनिएका थिए” ।

एमसीसी अनुदान पाएका २३ राष्ट्रमा अमेरिकन शेनाको परेडभने जस्तो भएन भने आतंकबादी समुहलाई समेत फन्डिङ गर्न पछि नपर्ने अमेरिका, जुन देशमा आतंक पैदा गरेर ३०,०००को मृत्यु भयो, त्यहीँ देशमा एमसीसी अनुदानको नाटक गर्छ । निकारगुआ देशको कुरा हो यो ।

एउटा अमेरिकन कर्मचारी मर्छ र त्यहीँ बहानामा अमेरिकन शेना भित्राइएको नि पाइयो ।

एउटा फेरि यस्तो देश, एमसीसीमा बिकेको राष्ट्रपति, देशको अमेरिकन शेना बोलाउछ

नेपाली राजनितिक वृतमा पछिल्लो पटक असाध्यै चासो साथ हेरिएको विषय “एमसीसी” वास्तव मै के हो त ?

यस विषयमा धेरै लामो बहस भएका छन । यसमा थप शब्द थुप्राने इच्छा थिएन।

तर बहसका तर्कहरु केही अपुरो, कति भ्रमपुर्ण, कति असचेत, कति राष्ट्रघाती पाएकोले यस विषयमा लेख्नै पर्ने बाध्यता बन्यो ।

यति बेला मेरो दिमागले तपाईको जस्तै प्रश्न गरि रहेका छन:

१) वास्तवमा अहिले उठेका कुरा कति सत्य छन ? कति भ्रमपुर्ण ?

२) के हो एमसीसी ? के एमसीसी राष्ट्रको लागि फाइदा जनक छ ?

३) के हो इन्डोप्यासिफिक स्ट्राटेजी ? के साच्चै अमेरिकी शेना आउँछ एमसीसी सङ्गै ?

४) हाम्रो नेपाल र एमसीसीको सम्झौतामा के छ ? त्यसो भए विकल्प के हुन सक्छ ? केही छैन त ?

५) अब को संभावना के छ ?

यस्तै प्रश्नका कौतहलता म सक्दो प्रमाण सहित तपाईंहरुलाई बुझाउने कोसिस गर्नेछु ।

१) वास्तवमा अहिले उठेका कुरा कति सत्य छन ? कति भ्रमपुर्ण ?

अहिले उठेका विषय दुबै सत्य नि छन र भ्रमपुर्ण पनि छ्न । तर सत्य के छन ?

सत्य एमसीसी राष्ट्रको विपक्षमा छ भन्ने नै सत्य हो । यो पुरै लेख पढ्दै जादा तपाईं पुरापुरा भ्रम मुक्त हुनु हुनेछ ।

भ्रमपुर्ण के छ भने यसको पक्षमा गरिएका ओकालतहरु नबुझेर, बिकेका राष्ट्रघाती दलाल र तिनिहरुका मतियार , ठूला दल र दलिय समर्थनको आधारमा भेडापन कट्टरपन्थी देखाउदै राष्ट्र माथी हुन लागेको राष्ट्रघात बारे अनविज्ञता देखाउनु दु:ख पुर्ण छ । यो भ्रम चिरिनु पर्छ । त्यसमा तपाईंको नि दाइत्व बन्छ ।

२) के हो एमसीसी ? के एमसीसी राष्ट्रको लागि फाइदा जनक छ ?

एमसीसी (अमेरिकन च्यालेन्ज कर्पोरेसन) एक अमेरिकन निगम हो । सन २००४ मा विपक्ष दलको पुरै समर्थन पाएर अमेरिकन कङ्रेसले स्थापना गरेको हो ।

सारमा गरिबी हटाउने नारा रहे पनि लुकेको अन्तर्निहित स्वार्थ बुझ्न भने पटक्कै समय लाग्दैन । आखिर सारा विश्व गरिब भयो भनेर उकास्न के अमेरिका लागेकै हो त ?

पक्कै त्यसो होइन । किन होइन भने, त्यो मानवता र आर्थिक सहयोग थियो भने कुनै सर्तहरु तेर्सिने थिएनन ।

इन्डोप्यसिफिक स्ट्राटेजीहरु पढ्दै जादा लाग्छ । आर्थिक सहयोग विभिन्न नाममा गर्ने र त्यो ठाउँमा आतंकवाद विरुद्धको नाममा आफ्नो अमेरिकन वेस क्याम्प खडा गर्ने र आफू अनुकुलका फाइदा त्यो राष्ट्रबाट लिने । छोटकरीमा आफ्नो सम्राज्यवाद हैकम कायम राखी रहने नै हो ।

यसअर्थ एमसीसी, इन्डोप्यासिफिककै स्ट्राटेजी अनुसार चल्ने एक एजेन्सी हो । नाम विभिन्न होलान तर त्यसरी काम गरेको कुरा स्वयं इन्डोप्यासिफिकका गतिविधि देखिन्छ ।

सहयोग लिदा के भयो त ?

सहयोग लिनु राम्रै हो हाम्रो जस्तो गरिब मुलुकमा। चाहिन्छ पनि होला केही समयलाई । तर अझ राम्रो त सधै मागेर हुन्न । मागेर देश धनी बन्दैन । बन्ने मालिक धनी देश होइन, बन्ने माग्ने देश नै हो ।

केही छैन सबै लाज पचाएर मागेर चलाउने बिचार गर्यौ । अनुदान लिएर चलाउने सरकारको मगुवा नीति नै छ ।

माग्न लाग्यौ, दिन नि दिन तयार नि भयो । तर दिन तयार त भयो, तर तलाई सिध्याउने बाटो दिनु पर्छ भन्ने सर्तमा दियो भने केही अर्थ रह्यो त मागेको ?

अमेरिकन सर्तका बारेमा विभिन्न मिडिया आएकै छन । छोटकरीमा अमेरिका सङ्ग बाजिएमा नेपालको कानुन नलाग्ने, अडिट हिसाम अमेरिकाको लागू हुने, भारत सङ्ग सहमति लिन पर्ने, काम गर्दा कुनै पनि कुरामा कर नलाग्ने, काम गर्दा क्षेत्र अधिकार तोक्न नपाउने जहाँ नि बनाउन पाउने सोधी रहन नपर्ने, मन लागे गर्ने नलागे जति बेला नि छोड्न सक्ने । यसरी आफू अनुकुल सबै स्वायत्त अधिकार नेपालको संविधान भन्दा माथी हुन गरि संसदबाट अनुमोदन गरेर दिन पर्ने ।

के त्यती शक्तिशाली अमेरिका यत्ति कै नि आउन सक्थ्यो हैन र ?

हो शक्तिशाली अमेरिका यति कै नि आउन सक्थ्यो तर उसलाई विश्वसामु नेपालको विधानले, नेपाल सङ्गको सम्झौताले, नेपालको बहुमत संसदले बोलाएको भन्ने देखाउने छ । सम्झौतामा यस्ता घुमाउरो प्वालहरु छन त्यहीँ सम्झौता नै काफी छ अमेरिकी शेना बोलाउन ।

….एउटा देशको उदाहरण दिन्छु । त्यँहा एमसीसी अन्तर्गत काम गरि रहेको कर्मचारीको हत्या हुन्छ । सम्ववत हत्या नि स्वम अमेरिकाले गरेको र आफुहरु सुरक्षीत नभएको बाहनामा अमेरिकी शेना भित्राउछ ।

के फाइदा छ या छैन त एमसीसी ?

निसर्त सहयोग थियो, सम्झौताका बुधा देश नै सिध्याउने गरि नआएर, सहयोग मात्र सहयोग थियो भने फाइदा मान्न सकिन्थ्यो देशलाई । तर चीन घेर्ने, नेपाललाई युद्ध कृडा स्थल बनाउने, अमेरिकी शेना भित्राउने कपटी नीति अनुसार आएकोले फाइदा छैन ।

अमेरिका साह्रै सहयोग गर्न चाहन्छ, के गर्न सकिन्छ ?

अमेरिकालाई साह्रै सहयोग गर्ने इच्छा हो भने, सम्झौताका बुदा पुरै परिवर्तन गर्न सक्छौ । र त्यँहा निस्वार्थ सहयोग हो अमेरिकाको । अमेरिकाले कहिले कुनै बाहनामा अमेरिका शेना नेपाल टेक्न पनि ल्याउने छैन । ल्याएमा एमसीसीको नियत विश्वभर कपटी रुपमा बेजती साथ फैलियोस । सहयोग भनेको मानविय र गरिव विरुद्ध हुन्न पर्छ । युद्धरुपमा होइन । यस्तै किसिमका बुदा प्रष्ट आयोस ।

होइन भने सहयोग अमेरिकाको राष्ट्रिय स्वाभिमान बेचेर चाहिदैन ।

के एमसीसी आएमा अमेरिकी शेना आउँछ नेपालमा ?

अवश्य आउँछ । तर केही समय लगाएर आउँछ । बाहना खोजेर आउँछ । मेरो अनुसन्धानले देखेको कुरा यहीँ नै हो ।

अनुसन्धान कसरी गरे मैले ?

१) मैले नेपालका नेताहरुबाट नि प्रत्यक्ष यो कुरा थाहा पाएको थिए । अझ थप प्रष्ट पार्नु पर्दा डिल्ली बजार कारागारमा थुनिनो भएका एमसीसी षड्यन्त्रको शिकार कृष्ण वहादुर महराबाट थाहा पाएको थिए । “मेरो सभामुख पद, मेरो इज्जत वा मेरो ज्यानै जाला तर राष्ट्र माथी विदेशी शैनिकको परेड खेल्नु/चल्नु हुदैन” “एमसीसी अनुमोदन प्रस्ताव नल्याएर जे गरेको थिए ठिक गरेको थिए लाग्छ ” ।

“इन्डो प्यासिफिक स्ट्राटेजी बारे बोल्यो त अमेरिकन अफिसियल राज्य मन्त्री डेभिड र्यान्ज ।” कान्तिपुर पत्रीका लगायत पत्रीका देखाउदै …

२) एमसीसी विषयका १०० बढी भिडियो, राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्वार्ता, ७० बढी लेख पढे । यसरी हेर्दा-पढ्दा, मेरो खोज एमसीसी के कस्तो त छदै थियो । मुख्य अनुसन्धान एमसीसी लागू भएका राष्ट्रको आर्थिक अवस्था के छ ? जनसंख्या कस्तो छ ? कुन भुगोलमा तिनीहरु अवस्थित छन ? यसबाट अमेरिकालाई के-कस्तो फाइदा-घाटा हुन सक्छ ?

नेपालमा अमेरिकी शेना आउँछ आउदैन भन्दा, के एमसीसी लागू भएको राष्ट्रमा अमेरेकी शेना छन छैनन भनेर अनुसन्धानमा एमसीसीको नियत प्रष्ट हुन्थ्यो ।

मैले त्यसै गरे ।

…२५ जती देशमा एमसीसी लागू गरि सकेको र केही राष्ट्रमा पेन्डिङको अवस्थामा पाइयो । जस्तै नेपाल र श्रीलंका ।

जति देशमा एमसीसी लागु भएको छ लगभग ९९% देशमा अमेरिकी शेना परेड खेलेको पाइयो । अहिले सम्म अनुसन्धानको क्रममा मैले २३ देशमा अमेरिकी शेनाको परेड खेलेको समाचार र फोटो र डकुमेन्ट्री पाए ।

कुन कुन राष्ट्रमा एमसीसी लागू भएको छ ?

कुन कुन एमसीसी लागू राष्ट्रमा अमेरिकी शेना परेड खेल्दै छ ?

अमेरिकी शेना एमसीसी भएको राष्ट्रमा परेड खेल्दैका प्रमाणहरु :

१)मोल्डोभा देशमा

प्रामाण लिंकहरु : मोल्डोभा देशमा अमेरिकी शेना

२)फिलिपिन्समा


थप प्रमाण:

क) फिलिपिन्समा अमेरिकन आर्मी

क) फिलिपिन्समा अमेरिकन आर्मी

३) जोर्डन देश

प्रमाण : अमेरिकन शेना जोर्डनमा

४) सेनेगल देशमा

प्रमाण लिन्क : अमेरिकन शेना सेनेगलमा

५) तान्जेनिया देशमा

प्रमाण :अमेरिकन शेना तान्जेनिया

६) बुर्किना फासो

अमेरिकन शेना बुर्किना फासोमा

७) मोजाबिक्यू देशमा

मोजेविक्यूमा अमेरिकन शेना

८) निम्विया

निम्वियामा अमेरिकन शेना

९) अमेरिकन शेना लेसोथोमा

प्रमाण

१०) अमेरिकन शेना मोरोक्कोमा

प्रमाण

११)अमेरिकन शेना मोङोलियामा

प्रमाण

१२)अमेरिकन शेना बेनिनमा
प्रमाण

१३) अमेरिकन शेना भानुअटु

प्रमाण

राष्ट्रपति बिकेर स्वयम् अमेरिका शेना बोलाउदै उसको राष्ट्रमा

१४) अमेरिकन शेना अर्मेनियामा

प्रमाण

१५) अमेरिकन शेना घानामा

प्रमाण

१६)अमेरिकन शेना मालीमा

प्रमाण

१७)अमेरिकन शेना सल्भेडरमा

प्रमाण

१८)अमेरिकन शेना जर्जियामा

प्रमाण

१९)अमेरिकन शेना निकार्गुवा

प्रमाण

२०)अमेरिकन शेना होन्डुरास

प्रमाण

२१)अमेरिकन शेना कवो भर्डे

प्रमाण

२२)अमेरिकन शेना जेम्बिया

प्रमाण

२३)अमेरिकन शेना लिबेरियामा

प्रमाण

एमसीसी भएका यी राष्ट्रले हामी के शिक्षा दिन्छ ?

के हो इन्डोप्यासिफिक स्ट्राटेजी ?

इन्डोप्यासिफिक स्ट्राटेजी Indo-Pacific Strategy मुख्यतः तीन (३) पिलर (piller) ले बनेको छ । :

१) Economic Strategy : यस अनतर्गत Indo Pacific क्षेत्रमा आफ्नो प्रभाव बढाउन आर्थिक सहयोग गर्ने । सहयोगको मुख्य माध्यम USAID हो भने अरु माध्यम MCC र OPIC हुन ।

-यसर्थ MCC Indo-Pacific Strategy कै एक महत्त्वपूर्ण भाग हो ।
-यो कुरा डेभिड रयान्जले प्रष्ट भनेका छन उनी South Asia हेर्ने American State को Secretary हुन ।
-यो कुरा Indo-Pacific Strategy को पुस्तकमा
लेखिएका धेरै बाट नि थाहा हुन्छ ।
-MCC का वकालत गर्ने प्रदिप ज्ञवाली IndoPacific Strategy कै पुस्तकमा ।
-Indo-Pacific forum मा बोली रहने Mike Pompeo जो United State का Secretary, अमेरिकन आर्मी अफिसर र CIA agent हुन । फोटोमा प्रदिप ज्ञवाली सङ्ग नि देख्न सकिन्छ ।

२) Security Strategy : आफ्नो सम्राज्यवाद (imperialism) विस्तार गर्न र वैदेशिक हस्तक्षेप गर्न, आफ्नो अनुकुल व्यापारमा भविष्य खोज्न, (security) सुरक्षा र ( anti-terrorism) आतंकबाद विरुद्धको नाममा Security Strategy विकास गर्ने ।

३) Diplomacy Strategy: विश्व प्रभाव, विश्व व्यापार र शक्तिशाली अमेरिकाको लागि कुटनैतिक पहलको Diplomacy Strategy विकास गर्ने ।

इन्डोप्यासिफिक स्ट्राटेजीकै लागि काम गर्ने एमसीसी पनि आर्को एजेन्सी भएको एन्डोप्यासिफिक स्ट्राटेजीको पुस्तकमा प्रकाशित तथ्य ।

थप इन्डोप्यासिफिक स्ट्राटेजी बारे पढ्नु परे डाउनलोड गर्नुस “इन्डोप्यासिकको एक प्रकाशन”।

बरु हामी के गर्न सक्छौ ?

१) भ्रष्टाचारमा सयौ अरव सकिन्छ त्यो रोकौ ।

२) Ncell को १५२ अरव उठाऊ ।

३) भाटभटेनीको २० अरव उठाऊ।

४) प्रदेशमा २ मन्त्री मात्र हुने व्यवस्था ल्याऊ ।

५) मन्त्रीहरु देखि कर्मचारी सबै आफ्नो गाडी चढ्ने नभए बाइक चढ्ने नभए भाडा तिरेर जाने व्यवस्था ल्याउने ।

यी सबै अध्ययन गरि सकेसी एमसीसी लाई कसरी बुझने ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्