अष्ट्रेलियामा बीबीएलको क्वालिफयार खेल छाडेर एकाएक किन नेपाल फर्किदैछन् सन्दीप



काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) छाडेर आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । यहि माघ २२ देखि २९ सम्म टियू क्रिकेट मैदानमा हुने ओमान, नेपाल र अमेरिकाबीचकाे त्रिकोणात्मक ओडीआई सिरिजका लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् ।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगेको थियो । जारी बीबीएलमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन् । यो सँगै सन्दीपको टी–२० क्रिकेटमा आफ्नो विकेट सङ्ख्या ९९ पुगेको छ । सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका प्रशिक्षक डेविड हस्सीले केही निराशा व्यक्त गरेका छन् ।

वेस्ट इन्डिजका ड्वाइन स्मिथले आगामी चैतमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन्। बार्बाडोसमा जन्मिएका ३६ वर्षीया स्मिथसँग भैरहवाले सम्झौता गरेको शनिबार पुष्टि गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्