भोली देखी दाङमा मतदाता शिक्षा सुरु



गिरिराज नेपाली
दाङ, २४ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि दाङमा भोली शनिवार देखी जिल्लाव्यापी मतदाता शिक्षा सुरु हुने भएको छ ।

जिल्लाका १० स्थानिय तह मध्ये ८ गाउँपालिकामा भोली शनिवार देखी मतदाता शिक्षा कार्यक्रम सुरु गरिन लागेको जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत बिजय कुमार कार्कीले जानकारी दिनुभयो । शुक्रवार पत्रकारहरु छलफल गर्दै जिल्लाका एक नगरपालिका र ७ गाउँपालिकामा भोली देखी नै मतदाता शिक्षा कार्यक्रम सुरु गरिने कार्कीले जानकारी दिनुभयो । जिल्लाका तीन सय ९४ मतदान स्थलका लागि तीन सय ९४ मतदाता शिक्षिका परिचालन गरिन लागेको छ । जसका लागि सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयम सेविका र सामुदायिक विद्यालयका कार्यरत शिक्षकहरु परिचालन गर्ने तयारी रहेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी निर्वाचन लाई सुचनामैत्री, निर्वाचन लाई बदर मत घटाउने प्रयास रहेको बताउनुभयो । त्यस्तै उहाँले आगामी निर्वाचन लाई सुचनामैत्री बनाउने बताउनुभयो । कुनै सुचना सम्प्रेषण लाई छिटो छरितो गरिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले आसन्न निर्वाचन लाई हिंसा रहिन नमुना योग्य निर्वाचन बनाउन सवैमा आग्रह गर्नुभयो । भने सुचना प्रवाहमा विश्वासनिय बनाउन पनि पवत्रकारहरु लाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , पत्रकार शरद अधिकारी, लगाएतका भनाई राख्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्