मुख्य समाचार

पेस्तोल र एसएलआरको गोलीसहित २ जना पक्राउ

By थाहा अनलाइन

November 10, 2017

सैघाली खबर, धनुषा, २४ कात्तिक – धनुषामा अवैध नलकुटुवा पेस्तोल र तीन वटा गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ८ बस्ने ५७ वर्षका सकुर मिया र सबैला ४ बस्ने २० वर्षका अनिल पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुको साथबाट एसएलआरमा प्रयोग हुने गोली तीन वटा, ज ८ प ५०९६ नम्बरको डिस्कभर मोटरसाइकल एउटा र दुई वटा मोवाइल र त्यसमा प्रयोग भएको सीम दुई थान बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबाहादुर सिंहले जानकारी दिनुभयो । पक्राउ दुवै जनालाई हात हतियार खरखजाना ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।