सैघाली खबर,
काठमाडौं, २४ कार्तिक। पूर्व राष्ट्रपति डा।रामबरण यादवलाई ‘जन(आन्दोलन स्वर्ण पटक(२०७४’ बाट अभिनन्दन गरिएको छ ।
स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन९आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति डा। यादवलाई अभिनन्दन गरेको हो ।
सिंहको जयन्तिको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा। यादवलाई अभिनन्दनसहित विभूषित गरेकी हुन् ।
यसैबीच सिंहको जयन्तिको अवसरमा २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
जयन्तिका अवसरमा शुक्रबार गणेशमान फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा स्व।नेता सिंहको शालिकमा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह उपस्थित थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।