सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा



काठमाडौं । बबई सव-डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ ।

सहायक वन अधिकृत साहले काठको लगत तयार गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज आनन्दप्रसाद साहलाई १० हजार घुस लिदैं गर्दाको अवस्थामा गत पुस २१ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको निजी आवादी जग्गाको काठको नापजाँच लगत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरी दिएबापत अतिरिक्त रकम स्वरुप सहायक वन अधिकृत आनन्दप्रसाद साहले घुस लिएको पुष्टि भएकाे हुँदा मुद्दा दायर गरिएकाे अख्ततियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कारवाहीकाे माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्