सुदुरपश्चिमेली युवा समाजले सँस्कृति परम्परा जगेर्ना गर्दै दिल्लीमा कमिटी गठन,



उत्तम कुमार थापा
हाम्रो सुदुर हाम्रो पहिचान सँस्कृति जगेर्ना गर्नु युवाकाे पहिचान भन्ने मुल नाराकम साथ दिल्लीमा एक कमिटी गठन भएको छ ।

हाम्रो देश अरुको देखासिकीमा गएको र अरुकाे सँस्कृति तिर ढल्कने सम्भावना लाई मध्येनजर गर्दै
सुदुरपश्चिमेली युवा समाजले सस्कृति मुल्य मान्यता रितिरिवाज चालचलन भेषभुषा भाका भाषा तथा लुकेका प्रतिभाहरुकाे जग्रेना गर्नकाे लागि सुदुर पश्चिमेली युवा समाज गठन गरेको हाे ।

नेपाल देखि मित्रराष्ट्र भारतमा गईका बझाङ बाजुरा बैतडी दार्चुला डडेल्धुरा अछाम डाेटी,कैलाली कञ्चनपुरका सुदुर नेपाली युवाहरुकाे समाजले आफ्नाे देशकाे सँस्कृतिकाे जगेर्ना गर्न समिती गठन गरेको सुदुरपश्चिमेली युवा समाजका महासचिव राजेन्द्र राेकायाले बताउनुभयो ।

नयाँ दिल्ली स्थित एक स्थानमा नेपाली दाजुभाइहरुले लाेपहुन लागेको डेउडा ,लगाएत विभिन्न सँस्कृति लाेव हुन थालेको अवस्थामा आफुले ठुलाे पहल चालेको राेकायाले बताए ।भारतकाे विभिन्न स्थानमा बसेर एक कार्यक्रम गर्दै कमिटी गठन गरेको हाे । अाज गठन गरिएको कमिटीमा अध्यक्ष राजेन्द्र बहादुर बिष्ट उपाध्यक्षमा गाेरख परी,सत्यदेवि थापा बरिस्ठ उपाध्यक्ष , महासचिवमा बझाङ खप्तड छान्ना घर भएका राजेन्द्र राेकाया ,सचिव दिपक खत्री ,काेषाअध्यक्ष प्रकाश साउद ,गरि १६ जना सदस्य रहेका छन । भने ,सल्लाहकारमा चार जना खेलकुदमा दुई जना सास्कृतिकमा तीन जना रहेका छन ।

मित्र राष्ट्र भारतमा रहेका सुदुरका नेपालीहरुले कमिटी गठन गर्दै, देशकाे लागि आफु लागिपर्ने,देशको लागि तथा सँस्कृत बचाउकाे लागि आफुहरु लागिपरेको र सबैलाई आ- आफ्नो ठाउँ बाट सहयाेग गर्ने नेपाल बाट कलाकारहरु बाेलाउदै राम्रो राम्रो कार्यक्रम गर्ने समस्यामा परेका नेपालीहरुलाई सहयाेग गर्ने आज गठन भएको कमिटीमा झण्डै ८० जना नेपालीको उपस्थिति रहेकाे सुदुरपश्चिम युवा समाजका महासचिव राजेन्द्र राेकायाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्