नेपाल –भारत सीमा बैठक फागुनमा, ‘एमसीसी पारित गर्न संकल्प प्रस्ताव’



काठमाडौंबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/ फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । प्रतिनिधिसभाले गरेको सभामुख चयन र कोरोना भाइरसको बढ्दो प्रकोप , एमसीसी, नेपाल–भारत सीमा बैठक लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

अन्नपूर्ण पोस्टमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ ।भारतीय नेतृत्वको विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रिंलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो ।मिति भने तय भएको छैन । दुई औपचारिक पत्र र पटक पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्म बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ ।

व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ । सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् ।

उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ । विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ । गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए । हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ । विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ । सहकारीकै अनियमितताको विषयमा परेको उजुरीउपर छानबिन सुरु गरी विभागले विस्तृत छानबिन अघि बढाएको हो ।

‘एमसीसी पारित गर्न संकल्प प्रस्ताव’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित संसद्मा संकल्प प्रस्ताव ल्याउने विकल्पतर्फ छलफल थालेको छ ।यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी सम्झौता अघि बढाउने सन्दर्भमा असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । नेकपाभित्र पूर्वमाओवादी पक्षले एमसीसीप्रति संशय प्रकट गरिरहेको पष्ठभूमिमा त्यही धारको प्रतिनिधित्व गर्ने नवनियुक्त सभामुख सापकोटाको भूमिकालाई पनि चासोका साथ हेरिएको कान्तिपुर समाचारमा उल्लेख छ ।

समाचार अनुसार कोरोना भाइरसको संक्रमण फैलिरहेको उहानमा सयौं नेपाली विद्यार्थी अध्ययनरत छन् । भाइरस आतंकका कारण ती नेपालीले जतिसक्दो छिटो स्वदेश फर्किन चाहेको अन्नपूर्ण समाचारमा उल्लेख छ । उनीहरूले यस्तो आशय बेइजिङस्थित नेपाली राजदूतावाससमक्ष पनि राखिसकेका छन् ।

गृहमन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्स सहितको नेपाली पोर्ट नामक आफ्नो सफ्टवेयर राखेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।अध्यागमन विभागले सबै नाकामा यो सफ्टवेयर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार अपरान्ह उद्घाटन गरेपछि अध्यागमन नाकामा अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयनमा आउनेछ । नेपाली पोर्ट अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली जोडिनेछ । अध्यागमनमा बायोमेट्रिक्स लागू भएसँगै यात्रुको तस्विर र हस्तरेखा रेकर्ड हुनेछ । यसले यात्रुको आँखानको नानी ९रेटिना० समेत पढ्न र त्यसको रेकर्ड राख्न सक्नेछ । नेपाली पोर्ट लागू भएसँगै अध्यागमनमा संदिग्ध व्यक्तिले गर्न लागेको यात्राको सहजै विश्लेषण गर्न सकिन्छ ।

झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको कान्तिपुर दैनिकमा समाचार छ । सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँग गरिएको कम्प्याक्ट ९सम्झौता० को एजेन्डा प्रतिनिधिसभामा कसरी अघि बढ्छ भन्ने चासो छ । सरकारले भने एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित संसद्मा‘संकल्प प्रस्ताव’ ल्याउने विकल्पतर्फ छलफल थालेको छ ।

यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी सम्झौता अघि बढाउने सन्दर्भमा असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । नेकपाभित्र पूर्वमाओवादी पक्षले एमसीसीप्रति संशय प्रकट गरिरहेको पृष्ठभूमिमा त्यही धारको प्रतिनिधित्व गर्ने नवनियुक्त सभामुख सापकोटाको भूमिकालाई पनि चासोका साथ हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब एमसीसी सम्झौता संसद्को प्रक्रियामा प्रवेश भइहाल्ने जानकारी दिए । एमसीसीसँग सम्बन्धित परियोजनाहरू अर्थ मन्त्रालयमार्फत अघि बढाउने प्रक्रिया सुरु भइसकेकाले पनि अब संसद्बाट अनुमोदन गर्ने कार्यमा ढिलाइ गर्न नहुने सरकारको धारणा छ । यसलाई लिएर सत्तारूढ दलभित्र उब्जेको विवाद भने साम्य भइसकेको छैन ।

नागरिक दैनिकले हुम्लामा मौसमी फ्लुका कारण दुई सातामा ७ जनाको मृत्यु भएको समाचारलाई प्रथम पृष्ठमा प्काशित गरेको छ । समाचारमा उल्लेख भएअनुसार जिल्लाका चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लुका कारण रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो । ग्रामीण स्वास्थ्य संस्थामा पर्याप्त औषधी र दक्ष स्वास्थ्यकर्मी नहुँदा मौसमी फ्लु नियन्त्रणबाहिर जान थालेको छ ।मौसमी फ्लुका कारण मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ मासिधाराका ४५ वर्षीय मदन शाही, ५० वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीय गोरी सार्की, ६० वर्षीय पाउरी शाही, सर्केगडा गाउँपालिका ३ उनापानीकी ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ गाउँपालिका ३ रायामाका ३५ वर्षीया चन्दा बुढा रहेको समाचारमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्