काठमाडौं युरो स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न



 

काठमाडौं । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ ।बालविकास तथा एनसीमास नामक संस्थाको सहयोगमा काठमाडौंको गोंगबुस्थित काठमाडौं युरो स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरिएको थियो ।

करिब ५ बर्षदेखि संचालनमा रहेको काठमाडौं युरो स्कुलमा सम्पन्न प्रतियोगितामा स्कुलका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयहरुले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागी क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको छ ।

अवाकस शैक्षिक प्रणालीले बालबालिकामा गणितीय समस्या समाधान हुने, उनीहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको र अभिवाभक र विद्यार्थीले पनि उतिकै रुचाएको युरो स्कुलका शैक्षिक निर्देशक दिपक गुप्ताले बताए । साथै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्